संकटमा फेवाताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

संकटमा फेवाताल

pokhara

काठमाडौं, ४ मंसिर । फेवातालको मुल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ ।

माकुराको कारण जालोझैँ ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ । तालको सिरान क्षेत्रमा मोटरबाटो विस्तार हुँदै जाँदा त्यहाँबाट बगेको माटो फेवाताल पुरिने क्रम झनै तीव्र पारेको छ ।

तालको सिरान क्षेत्रका बस्ीतमा मोटर पुर्याउने उदेश्यले बाटो खनिएको हो । तालआसपासका डाँडामा समेत मोटरबाटो विस्तार हुँदा बगेको माटो सीधै तालमा मिसिने गरेको छ ।

तालको मुल सिरान पञ्चासे क्षेत्र हो । त्यस क्षेत्रमा पर्याप्त खहरे खोला छन् । त्यही क्षेत्रमा बसेर्नि मोटरबाटो विस्तार हुँदा बर्षामा पहिरो झर्ने क्रम पनि उत्तिकै तीव्र छ ।, आजको नागरिक दैनिकमा मुख्य खबर रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);