दुर्गन्ध हटाउने प्रविधिको परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुर्गन्ध हटाउने प्रविधिको परीक्षण

काठमाडौं, ३ मंसिर । राजधानीमा जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादी लगायतका जैविक फोहोरमा माइक्रो बायो पोजेटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो ।

इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । यो विधि, जैविक फोहोरमा प्रयोग गरिन्छ । यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो ।

यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउन्दै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);