नवलपरासीका सबै छोटी भन्सार कार्यालय सहयोगीको भरमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

नवलपरासीका सबै छोटी भन्सार कार्यालय सहयोगीको भरमा

नवलपरासी, १ मंसिर । नवलपरासीका सबै छोटी भन्सार कार्यालयहरु सहयोगीको भरमा चल्ने गरेका छन् । माथिल्लो तहका कर्मचारीहरु कार्यालयमा नआउँदा देशको राजश्व असुलीको पहरेदारको भूमिकामा रहेको छोटी भन्सारहरु सहयोगीको भरमा संचालन हुँदै आएका हुन् ।

अहिले नवलपरासीको बिष्णुपुरा, त्रिबेणी, भुजहवा र प्रसौनी गरी चार वटा छोटी भन्सार छन् । अधिकांश छोटी भन्सारमा आवस्यक प्रयाप्त भौतिक पुर्वाधार समेत छैन् । मालसामान आयात निर्यातको र भन्सारका राजस्व संकलन गर्ने कार्य गर्न छोटी भन्सार नपाउने भएकाले माथिल्लो तहका कर्मचारी यहाँ नबस्ने गरेको कर्मचारीको भनाई छ ।

नवलपरासीमा हाल १ मुल भन्सार कार्यालय र ४ वटा छोटी भन्सार कार्यालयहरु छन् । जसमध्ये महेशपुर मुल भन्सार कार्यालय बाहेक सबै छोटी भन्सार कार्यालय सहयोगीको भरमा चल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);