उत्तर कोरियाको हतियार मोह उस्तै | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

उत्तर कोरियाको हतियार मोह उस्तै

north korea tests new weapon

एजेन्सी, १ मंसिर । उत्तर कोरियालले बिहीबार उच्च प्रविधियुक्त अस्त्र परीक्षण गरेको जनाएको छ । सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनले बिहीबार ‘उच्च प्रविधियुक्त’ एक नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षणसमेत गरेका छन् ।

यद्यपि परीक्षण गरिएको अस्त्रको विवरण भने केसीएनएले विवरण सार्वजनिक गरेको छैन । उसले लामो समयको अन्तरालमा उत्तर कोरियामा अस्त्रको परीक्षण गरिएको मात्रै उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस वर्ष उत्तर कोरियाले परीक्षण गरेको यो पहिलो हो ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक शिखर बैठक सम्पन्न भएको थियो । सिंगापुरमा भएको बैठकमा किमले परमाणु नि:शस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको जनाएका थिए । त्यसयता उत्तर कोरियाले आफ्नो महत्त्वपूर्ण परमाणु परीक्षण केन्द्र ध्वस्त पारिसकेको छ । उसले उत्तरपूर्वी क्षेत्रको पुङ्गे–रीस्थित परमाणु परीक्षण केन्द्र नष्ट पारेको हो ।

अमेरिकालगायतका पश्चिमा देशले पनि भूउपग्रह तस्बिरहरूमा उत्तरले परमाणु परीक्षण केन्द्र नष्ट गरेको देखिएको जनाएका थिए । त्यसलगत्तै किमले उक्त केन्द्र प्रयोग गर्न नमिल्ने गरी ध्वस्त गरिएको उल्लेख गर्दै आफूहरूसँग अन्य दुई परीक्षण केन्द्र निकै राम्रो अवस्थामा रहेको बताएका थिए । उनको अभिव्यक्तिसँगै दक्षिण कोरिया र अमेरिका किम परमाणु नि:शस्त्रीकरणका लागि इमान्दार नभएको आशंका व्यक्त गरेका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।