सरकारद्वारा सहकारी संस्थालाई वित्तिय अनुशासन पालना गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सरकारद्वारा सहकारी संस्थालाई वित्तिय अनुशासन पालना गर्न आग्रह

sahakari

काठमाडौं, २९ कात्तिक । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ । बिहिवार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीका जनताको लगानी भएको उल्लेख गर्दै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएका हुन् ।

सचिव मैनालीले बैंक तथा वित्तिय संस्थाहरुले जसरी नै सहकारी संस्थाहरुले पनि वित्तिय अनुशासन पालना गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । उनले सहकारी संस्थाहरुको कडा अनुगमन गर्नेगरी सरकारले को–अपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेका सहकारी संस्थाहरुलाई कार्वाही गर्न सरकारसँग माग गरे । नेता बडालले सहकारी संस्थाहरुको उचित व्यवस्थापन गरेर यसको प्रभावकारी परिचालन गर्न सरकारले ढिलाई गर्न नहुने उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);