सडकमा चौपाया छोड्नेलाई सार्वजनिक मुद्धा लगाउने महानगरको तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सडकमा चौपाया छोड्नेलाई सार्वजनिक मुद्धा लगाउने महानगरको तयारी

chada chaupaya

नरेन्द्र खनाल
काठमाडौं, २८ कात्तिक । उपत्यकाको मुख्य सडकहरुमै चौपाया जनावरहरुको बिगबिगि देख्न सकिन्छ । सडकमा खुलेआम छाडिएका गाईका कारण ट्राफिक जाम र सडक दुर्घटना बढाइरहेको छ । सार्बजनिक स्थानमा लगेर जनाबरहरु छाड्ने ब्यक्तिलाई उचित कारबाही गर्न नसक्दा यो समस्या झन् बढ्दो अबस्थामा देखिएको छ । छाडा चौपाया नियन्त्रणको लागि काठमाडौं महानगरपालिकाले चौपाया छोड्नेलाई सार्वजनिक अपराधको मद्दा लगाउने तयारी गरेको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सडक चौपायाहरु सडकमै यत्रतत्र हिडिरहेका देखिन्छन् । गाई पाल्ने र बुढो, रोगि र दूध दिन छाड्ने भएपछि सडकमा लगेर छोडिदिने प्रबृति देखिन्छ । यसरी सडकमा गाई छोड्दा सडक दुर्घटना बढाएको धेरै उदाहरण भेटिन्छ । सडक फोहोर र शहरको सौन्दर्य पनि घटाएको छ । छाडा चौपायाको व्यवस्थापन गर्न महानगरपालिकालाई पनि समस्या नै परेको छ ।

उसै त बढ्दो सवारी साधनले गर्दा ट्राफिक जाम भइरहने राजधानीको सडक । त्यसमाथि सडकमा खुलेआम हिड्ने गाईले थप समस्या थपेको छ । सडकमा छाडा छाडिएका चौपायाहरुले सवारी आवागमनमा बाधा पुराएको ट्राफिकहरु बताउँछन । छाडा चौपायाका कारण बारम्बार सडक दुर्घटना बढाएको छ ।

ट्राफिक मात्र होइन छाडा चौपायाका कारण सवारी चालक पनि हैरान छन । बिभिन्न चौपायाहरुलाई छलेर सवारी साधनहरु चलाउनु पर्ने बाध्यता रहेको चालकहरु बताउँछन । छाडा चौपायाकै कारण दुर्घटना हुने गरेको सवारी चालकको अनुभव छ ।

सडकमा चौपाया छोड्नेहरुलाई काठमाडौ महानगरपालिकाल खासै कार्वाही गर्न सकेको देखिदैन । नछोडन महानगरपालिकाले आग्रह गर्दै आएको छ । तर यसको वेवास्ता हुँदै आएको छ । अटेर गर्ने ब्यक्तिहरुलाई १० हजारसम्म जरीवाना गर्ने कानून छ । यतिले नपुगेर अब सार्वजनिक अपराध मुद्दासम्म लगाउने बारेमा काठमाडौं महानगरपालिकाले तयारी गरेको छ ।

चौपायाहरु आफ्नो प्रयोगमा रहदासम्म स्याहार सुसार गर्ने र प्रयोगहीन भएपछि सडकमा लगेर अलपत्र छोडिदिने खराव प्रवृत्ति शहरियाहरुमा देखिन्छ । सडकमा लगी चौपाया छोडनेलाई शहरीया जीवनको असभ्य व्यवहार भन्दा फरक नपर्ला । यस्तो असभ्य व्यवहार र गैर जिम्मेबारीपनमा सुधार गर्नु पर्ने खाँचो देखिन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);