सिंगो मुलक नै लोडसेडिङ मुक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सिंगो मुलक नै लोडसेडिङ मुक्त

नरेन्द्र खनाल

काठमाडौं, २६ कात्तिक । मुलुक लोडसेडिङ्ग मुक्त देश घोषणा भएको लगभग ६ महिना भएको छ । दिनमा १८ घण्टासम्म अध्याँरोमा बस्न बाध्य भएका आमनेपालीले २०७५ वैशाख ३१ गते यता लोडसेडिङको सामना गर्नु परेको छैन । नेपालमा उत्पादित विद्युतले माग अुनसार आपूर्ति धान्न नसके पनि साना ठूला सबै कलकारखानाहरुले आवश्यक्ता अनुसार विद्युत उपभोग गर्न पाएका छन् ।

दुई वर्ष अघि काठमाडौं उपत्यका र पोखरा सहर लोडसेडिङ मुक्त भएकोमा अहिले सिंगो मुलक नै लोडसेडिङ मुक्त छ । नेपाल विद्युत प्राधिकरणले २०७५ बैशाख ३१ गतेदेखि नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरेको हो ।

देैनिक १८ घण्टासम्म लोडसेडिङ्ग भएको नेपालमा यति छिटो लोडसेडिङ मुक्त हुन्छ भनेर सायदै कसेैले पत्याएका थिए होलान । तर नेपाल विद्युत प्राधिकारणले कुलमान घिसिंङको नेतृत्व पाएसंगै अँध्यारो नेपाल उज्यालो भयो ।

सबै नेपालीको मुहारमा खुशी छायो । प्राधिकरणले हाल आफ्नो मातहतमा रहेको ५०७ मेगावाट बिजुली र बिभिन्न लघु जलबिद्युत आयोजना मार्फत उत्पादन गरिएको ५१३ मेगावाट बिजुलीलाई प्रयोग गरि उज्यालो नेपाल बनाएको हो ।

अहिले स्वदेशी उत्पादनको कुल एक हजार बीस मेघावाट बिजुलीलाई प्रयोग गर्दै आईरहेको छ । प्राधिकरणले नेपालभरी लोडसेडिङ्ग मुक्त गर्नको लागि भनेर भारतबाट थप ३२५ मेगावाट विद्युत आयात गरिरहेको छ।

नेपालमा अहिले दैनिक सरदर १३४५ मेगावाट बिजुली खपत भइ रहेको देखिन्छ । अबको एक बर्ष भित्रैमा लगभग ५०० देखि ६०० मेगावाट बिद्युत स्वदेशमै उत्पादन हुनेछ । त्यसपछि अन्य राष्ट्रबाट बिद्युत आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

अहिले भारतबाट आयातित ३२५ मेगावाट विजुली अर्थात २५६८ गिगावाट विजुली प्रयोग गरे बापत नेपालले भारतलाई बार्षिक सरदर १९ अरव रुपैयाँ बुझाउँदै आएको छ । नेपालमा जल विद्युतको अथाह सम्भाबना हँुदा हँुदै पनि विद्युतको नाममा ठूलो रकम विदेश गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);