भरतपुर, २२ कात्तिक । प्रहरीले भरतपुर महानगरपालिका विभिन्न स्थानबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ । चितवन प्रहरीले बुधवार राती भरतपुर महानगरपालिका–१६ शरणपुर लगायतका क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरेको हो ।
प्रक्राउ परेका साथबाट ३२ थान कौडा र नगद ४ लाख ५५ हजार ९ सय ५० रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशिलसिहं राठौरले बताए ।
प्रहरीले प्रक्राउ परेकाहरुलाई तत्कालै कारबाही प्रक्रिया अगाडी वढाईएको जनाएको छ । चितवन प्रहरीले चाडवाडका वेलामा जुवा-तास नखेल्न समेत आग्रह गरेको छ ।