चिकित्सा पद्धतिको जननीको रुपमा आयुर्वेद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिकित्सा पद्धतिको जननीको रुपमा आयुर्वेद

aayurvedi

काठमाडौं, २० कात्तिक । आयुर्वेदलाई विश्वमा हाल प्रचलति सम्पूर्ण चिकित्सा पद्धतिको जननीको रुपमा मानिन्छ ।

शदिऔंदेखि अनेकौं आरोह–अवरोह छिचोल्दै वर्तमान समयमा पनि आयुर्वेद एक महत्वपूर्ण चिकित्सा पद्धतिको रुपमा जिवित छ । हिमवत् खण्डबाट हजारौं बर्ष पहिले आरम्भ भएको यस चिकित्सा पद्धति हाल आएर पश्चिममा देशमा पनि विस्तार हुँदै गईरहेको छ । तर, जुन गति र प्रभावका साथ यस चिकित्साले विश्वभर प्रभुत्व जमाउनु पर्ने हो त्यो गति भने लिन सकेको देखिदैन ।

विश्वमा नयाँ–नयाँ एलोपेथिक उपचारका प्रद्धतीहरु विस्तार हुँदै गएपछि आम मानिसमा आयुर्वेद चिकित्सा प्रति विश्वास वढ्न सकेको छैन । आयुर्वेद औषधीले शरीरमा विस्तारै प्रभाव देखाउने भएका कारण मानिसहरु यो चिकित्सा विरामी हुनेवित्तिकै अप्नाउन हिचकिचाउने गरेका हुन् । आयुर्वेद र अन्य चिकित्सा पद्धति भिन्न छन् । आयुर्वेद उपचारबाट रोगको लक्षण मात्र कम गर्ने हुँदा केही बढी समय लाग्ने तर रोगको निदान भने जरै देखि हुने चिकत्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार बिरामीले आयुर्वेद चिकित्सककहाँ पुग्नुअघि अनेकौँ किसिमका कडा रासायनिक औषधि र उपचार प्रयोग गर्ने गरेका छन् । रोग जीर्ण भएपछि मात्र अन्तिम आशाको केन्द्र भन्दै आयुर्वेदमा आउने हुनाले उपचार प्रभाव देखाउन केही समय लाग्ने गरेको चिकित्सकहरुको भनाई छ ।

आयुर्वेद उपचार पद्दतिमात्र नभई जीवनपद्दति पनि हो । यसले निरोगी हुन मात्र सिकाउँदैन जीवन जीउनपनि सिकाउँछ । जीर्ण रोगको उपचारमा आयुर्वेद उपचार पद्दति निकै सफल हुने गरेको चिकित्सकहरु बताउँछन । नयाँ रोगमा आयुर्वेद निष्प्रभावी छ भन्नु गलत पनि हो । यही भ्रमले बिरामीहरु सही समयमा आयुर्वेद उपचार लिन आउँदैंनन् र रोग जटिल बन्दै जान्छ । तत्काल उपचार आवश्यक हुने रोग जस्तै अपच, अम्लपित्त, रुघाखोकी, टाउको दुखाई, घाउ चोट आदिमा पनि आयुर्वेद चिकित्सा अत्यन्तै उपयोगी मानिन्छ ।

एलोपेथीकद्वारा रोगको निराकरण नभएमा मात्र आयुर्वेदिक उपचार खोज्ने चलन व्याप्त छ । तर आयुर्वेद एक पूर्ण चिकित्सा हो । अझ यो त सम्पूर्ण चिकित्साको जननी हो । जडिबुटीसंगै विभिन्न खनिज पदार्थ, दुध, घ्यु, दही, मही, मह, लवण, क्षार, अल्कोहलजनित औषधि आयुर्वेद उपचारमा प्रयोग गरिन्छ । औषधि मात्र नभई आयुर्वेद उपचार अन्तरगत वमन, विरेचन, वस्ति, नस्य, रक्तमोक्षण आदि विभिन्न शोधन विधिको पनि प्रयोग गरिन्छ । आयुर्वेद चिकित्सा प्राचिनका साथै पूर्ण वैज्ञानिक उपचार विधि हो । यसको संरक्षण र प्रचारप्रसार गर्नुु अत्यन्त जरुरी रहेको विज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);