नीति निर्माताको प्राथमिकतामा नपरेकाले आयुर्वेद पछि पर्‍यो : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नीति निर्माताको प्राथमिकतामा नपरेकाले आयुर्वेद पछि पर्‍यो : मन्त्री यादव

काठमाडौं, १ असार । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नीति निर्माताको प्राथमिकतामा नपरेका कारण नेपालले आयुर्वेदको क्षेत्रमा उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरले शुक्रबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले नेपालले आयुर्वेदको क्षेत्रमा अनुसन्धानात्मक उपलब्धी हासिल गर्न सक्ने प्रशस्त आधारहरु भएपनि राष्ट्रिय नीतिको प्राथमिकतामा नपरेकाले आयुर्वेद उपचार पद्धति पछि परेको बताए ।

उनले आयुर्वेद उपचार पद्धतिको विकास र विस्तारका अध्ययन अनुसन्धान अघि बढाउनुको साथै औषधीमुलक जडिबुटीका विरुवाको संरक्षण र उत्पादन तथा वृद्धि गर्ने कार्यलाई पनि एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री यादवले प्रचुर संभावना बोकेको आयुुर्वेद उपचार पद्धतिको विकासका लागि छिमेकी मुलुकसंग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

नेपालमा सबै भन्दा पुरानो आयुर्वेद उपचार पद्धति भएपनि पछिल्लो समय सरकारको प्राथमिकतामा नपरेका कारण यो क्षेत्र पछि पर्दै गएको छ । आयुर्वेद क्षेत्रका विज्ञहरुले आयुर्वेद उपचार पद्धतीलाई प्राथमिकतामा राख्दै आधुनिक ढंगले नयाँ रोगको उपचार पद्धतिको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);