परम्परागत चिकित्सा पद्धति सरकारकाे प्राथमिकतामा : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

परम्परागत चिकित्सा पद्धति सरकारकाे प्राथमिकतामा : स्वास्थ्यमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताउनुभयो । आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गर्नुभयो । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उल्लेख गर्नुभयो ।

मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताउनु भयो । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको बताउनुभयो ।

Leave a Reply