च्याम्पियन्स लिग : आज बार्सिलोना र इन्टर मिलान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

च्याम्पियन्स लिग : आज बार्सिलोना र इन्टर मिलान भिड्दै

Inter_vs_Barca

एजेन्सी, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समुह चरणमा आज राति बार्सिलोना र इन्टर मिलान तथा लिभरपुल र रेड स्टार बेलग्रेड विच प्रतिस्पर्धा हुने भएको छ । इन्टर मिलानको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती पौने दुई बजेबाट सुरु हुनेछ ।

समुह बी अन्तर्गत हुने खेलमा इन्टर मिलान विरुद्धको खेलका लागि बार्सिलोनाले चोटग्रस्त बनेका लियोनल मेसीलाई टिममा बोलाएको छ । समुह चरणमा लगातार तीन खेलमा जित निकाल्दै शिर्ष स्थानमा रहेको बार्सिलोनाको नौ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानको ६ अंक छ ।

मेसीको कमब्याकले बार्सिलोनाको मनोबल झन उच्च भएको प्रशिक्षकको भनाई छ । दुई साता मैदान बाहिर रहेका मेसी प्लेइङ सेटमा पर्ने हुन या होइन त्यो भने खुलाइएको छैन । इन्टरलाई उसकै मैदानमा हराएर अर्को चरणको यात्रालाई मजबुत बनाउने लक्ष्यमा रहेको बार्सिलोना विरुद्ध इन्टर मिलान पनि होमसाइडको फाइदा उठाउन चाहन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);