काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाईप लाईन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन कठिनाई भईरहेकोे बताएका छन् ।
मेयर शाक्यले चालू आर्थिक वर्ष भित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी पनि गरे । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन आफूले प्रयास गरिरहेको पनि बताए ।
मेयर शाक्यले मापदण्ड विपरित बनेको भवनलाई कडा कार्वाही गर्ने चेतावनी दिए । उनले चालू आर्थिक वर्षमा महानगरपालिकाले सडक पुनर्निर्माण र सम्पदा पुनर्निर्माणको कामलाई जोड दिएको बताए ।