काठमाडौं, १८ कात्तिक । रोल्पाका विभिन्न ठाँउमा सडक निर्माणका लागि ठेकेदारहरुले जथाभावी जङ्गलमा दोजर चलाउदा बन जङ्गल नोक्सान हुन थालेका छन ।
पछिल्लो समय रोल्पाको होलेरी , प्युठानको स्वर्गद्वारी जोडने सडक खण्डमा रहेको रुन्टिगढि गाउँपालिका वडा नम्बर ५ को जस्पुर सैबाङ सामुदायिक बनको जङ्गलमा सडक निर्माणका लागी ठेकेदारले दोजर चलाउदा १५० भन्दा बढी रुखहरु नोक्सानी भएको भएको छ । र ती रुखहरु सडकको छेउ छाउमा छरिएर रहेको स्थानीयले बताएका छन् ।
सडक निर्माणका लागि जिम्मा पाएको निर्माण कम्पनीले आबस्यक प्रक्रिया नै पुरा नगरी जथाभावी जङ्गलमा दोजर चलाउदा रुखहरु नोक्सानी भएका हुन । यति ठुलो मात्रामा रुखहरु नोक्सानी हुँदा समेत सरोकारवाला निकाय मौन बस्दा बर्सौ देखि जोगाइ राखेको बन जङ्गल क्षण भर मै सखाप भएको छ ।