नुवाकोट, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट दर्शनले लोकतान्त्रिक अधिकारलाई रक्षा गर्न नसक्ने टिप्पणी गरेका छन् ।
शनिवार नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सिटौलाले बर्तमान कम्युनिष्ट सरकारले न्यायालय माथि पूर्ण रुपमा हस्तक्षेप गर्दै आफु अनुकुल बनाएको आरोप लगाए ।
उनले बर्तमान कम्युनिष्ट सरकारले प्र्रेस स्वतन्त्रतालाई समेत कुण्डित गरेको भन्दै राष्ट्रलाई बलियो पार्न काँग्रेसले मात्र सक्ने धारणा राखे।
त्यसैगरी, नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष केदारनरसिंह केशीले स्वास्थ्यकर्मीले कुनैपनि जात, रङ र धर्म नहुने भन्दै सबै स्वास्थ्यकर्मीलाई निस्वार्थ भावनामा लागेर काम गर्न आग्रह गरे ।