सरकारको कार्यशैली माथि कलात्मक शैलीमा तिखो व्यंग्य | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

सरकारको कार्यशैली माथि कलात्मक शैलीमा तिखो व्यंग्य

काठमाडौं, १७ कात्तिक । मुलुकभर निर्मला हत्याका दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन भईरहेका बेला राजधानी काठमाडौंमा कविहरुले श्रृजना मार्फत सरकारको कार्यशैली माथि तिखो व्यंग्य गरे ।

शुक्रबार आयोजित छन्द कविता वाचनमा कविहरुले निर्मला हत्याका दोषि पत्ता लगाउन नसक्ने सरकारको कार्य शैलीमाथि कलात्मक शैलीमा विरोध गरे । उनीहरुले मौलाउँदै गएको भ्रष्टाचार, निष्कर्षमा पुग्न नसकेको सुन काण्ड तथा असान्त र असुरक्षित मुलुकको अवस्थाको मात्रै चर्चा गरेनन् दसैंमा शितल निवासमा घुँडा टेकेर टीका लगाउनुपरेको दृष्टान्त माथि पनि प्रहार गरे ।

राजनीतिक दलका नेताले बाड्ने गरेको सपना, संघीयता र खस्कदै गएको भाषा साहित्यप्रति पनि उनीहरुले व्यग्य गरे । सिमा सुरक्षा, राष्ट्रियता र राष्ट्रिय स्वभिमानलाई मुल मुद्धा बनाउन नसकेका दलका नेताहरुबीच चलेको स्वार्थको राजनीतिमाथिको प्रस्तुती पनि निकै मार्मिक थियो ।

खलबलियो शान्ति सुरक्षा र नेतृत्वको आश्वासन एवं खस्कदो अर्थतन्त्रका विषय पनि कवितामा समावेश थिए । बैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गईरहेका बेला कविहरुले स्वदेश सुख र प्रदेशको यथार्थतालाई पनि छन्द कवितामा व्यक्त गरे ।

हत्या, हिंसा र अन्यायविरुद्धको लडाईमा ढिला भईसकेको भन्दै समाजमा व्याप्त विभेद हटाउन सबै किसिमका बाधा हटाएर एक जुट हुने महिला शसक्तिकरणको सन्देश कवितामा दिईयो । नेपाली साहित्य र मौलिकताको संरक्षणका लागि लेखन कुञ्जले गरेको छन्द कविताको तेश्रो श्रृंखलालाई आमा विशेष मा केन्द्रीत गरिएको थियो ।

कविहरुले आमा र बुबाको स्नेहका बारेमा पनि मन छुने श्रृजना पस्किएका थिए । लेखन कुञ्जको छन्द कविता श्रृंखलाले हराउँदै गएको छन्द कविता श्रृजना र श्रव्य शैलीलाई पुर्नजिवन दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);