नायिका दीपिका प्रसाईले गरिन् आफ्नो प्रेमी मिडियामा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नायिका दीपिका प्रसाईले गरिन् आफ्नो प्रेमी मिडियामा सार्वजनिक

deepika-diwakar

काठमाडौं, १७ कात्तिक । हाल सफलताको साथ देशभरका सिनेमा घरमा प्रदर्शनरत चलचित्र छक्का पन्जा ३ कि नायिका दीपिका प्रसाईले आफ्नो प्रेमी मिडियामा सार्वजनिक गरेकी छन् ।

फिल्म निर्देशक दिवाकर भट्टराईसँग उनले आफ्नो प्रेम रहेको खुलासा गरेकी हुन् । दिवाकार निर्देशित फिल्म ऐश्वर्यबाट नायिका दिपीकाले रजतपटमा डेव्यु गरेकी थिइन् ।

राम्रो टिमसँग दिपीका आफ्नो काम कै कारण जोडिन् पुगिन् । हास्यकलाकारको जम्बो टोली मै दिपिका हराउछिन् भन्ने धेरैले लख काटे तर दीपिका हराउने चाहि हैन चम्किलो तारा बनेर चाहि उदाइन् । जून चलचित्र रिलिज पछिको अवस्थाले छर्लङ्ग पार्छ । दिपिका स्वयमले नै भनेकि थिइन् पहिलो फिल्मबाट केही सिक्न पाए छक्का पन्जा ३ बाट आफूलाई थप परिमार्जित गर्न सक्छु भन्ने लागेको छ ।

यति राम्रो टिम सँग एकसाथ काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । छक्का पन्जा ३ मा भने दीपिका दीपकराज गिरीको जोडीको रुपमा रहेकी छिन् । यि दुईको रिल जोडीलाई दर्शकले निकै रुचाए । त्यहि भएर त फिल्म यतिबेला तेस्रो सातामा समेत भव्य प्रदर्शन भइरहेको छ ।

 दीपिका प्रसाई र दिवाकर भट्टराई
दीपिका प्रसाई र दिवाकर भट्टराई

दीपिकाले निर्देशक दिवाकार र आफ्नो फोटो फेसबुकमा राख्दै दीपिका And he is mine forever भनेर लेखेको स्टाटसमा धेरै शुभेच्छुकले कमेन्ट गरेका छन् । कतिले वाउ पर्फेक्ट जोडी भनेका छन् भने कतिले सदा सर्वदा खुसी रहनु भन्दै बधाई दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);