विवश कुमार सेजुवाल,
सुर्खेत, १५ कात्तिक । पछिल्लो समयमा रारामा पर्यटकको संख्या वढेको छ । कर्णाली प्रदेशले रारा पर्यटन वर्ष २०७५ घोषणा गरेसंगै यहाँ पर्यटकको संख्या वढेको हो ।
स्वर्गको अप्सराको रुपमा चिनिएको रारामा पर्यटन वढेसंग कालिकोट पलाता गाउँपालिकाले पर्यटनलाई आकर्षित गर्न थप कार्यक्रम समेत समेत शुरु गरेको छ । गाउँपालिकाले रोजगारीको अवसर बुद्धि, गराउन तथा गाउँपालिकालाई देशकै नमुना बनाउन यूवाहरुलाई बुधवार मार्च पास गरेको पलाता गाउँपालिका अध्यक्ष लम्मण बहादुर बमले बताए ।
कर्णाली पर्यटनका लागि अथाह सम्भावना भएको देश हो । यहाँ वर्षमा ५० हजार भन्दा वढी पर्यटक आउने गरेका छन् । तर, प्रचार प्रसार लगायत विभिन्न कारणले पछि परेपनि रारा पर्यटन वर्षले २०७५ शुरु गरेसंग पर्यटकको संख्या वढेको हो ।