बाराको सिमरा आसपासका क्षेत्र प्रदेश कै मुख्य रोजाईमा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

बाराको सिमरा आसपासका क्षेत्र प्रदेश कै मुख्य रोजाईमा

bara

श्याम गुप्ता
बारा, १५ कात्तिक । मध्य तराईको केन्द्रमा रहेको बाराको सिमरा लगायत आसपासका क्षेत्र प्रदेश कै मुख्य रोजाईमा पर्न थालेको छ ।

सुरक्षीत र मिश्रित समाजको बसोबास रहेको यस क्षेत्रमा राट्रिय गौरवका आ योजना परियोजनाहरुकोे निर्माणका कामले गति लिन थाले पछि यो क्षेत्र धेरैको रोजाईमा पर्न थालेको हो ।

आर्थिक नगरी बिरगंज र राजधानीको नजिक रहेको यो क्षेत्रलाई निर्माणधिन काठमाण्डांै बारा द्रुतमार्गले केही बर्ष भित्रै झनै नजिक बनाउँने भएको छ । निर्माण सुरु गरेको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल , बिरगंज पथलैया औद्योगिक करीडोरमा निर्माधिन ६ लेन सडक , झण्डै ६५ प्रतिशत काम सम्पन्न गरेको रक्सौल अमलेगंज इन्धन पाईपलाईन र सिमराको औराहामा निर्माणाधिन सेज जस्ता पुर्वाधार बिकासका योजना यसै क्षेत्रमा परेको हुँदा पनि सिमरा क्षेत्रलाई धेरैले रोजेको नेपाली काँग्रेसका पुर्व सांसद डा.शोभाकर पराजुलिले बताए ।

पर्सा बन्य जन्तु निकुञ्जको काँखमा अवस्थित सिमरा चारैतिर हरियाली र जंगलले घेरिएको हुँदा यहाँको हावापानी र बातावरणीय हिसावले पनि यस क्षेत्रलाई राम्रो मानिन्छ भने शिक्षा क्षेत्रमा प्रदेश कै अवल भनेर गनिन्छ । शिक्षा , स्वास्थ्य , सुरक्षा , खानेपानी , यातायात र खेलकुदका क्षेत्रमा समेत पुर्वाधार बिकास बनाईसकेकोे सिमरामा पर्या पर्यटनको बिकास लागि यहाँ सुविधा सम्पन्न साना देखि ४ तारे सम्मका होटेल र रिसोर्टहरु दर्जनौंको सख्यामा खुलिसकेका छन् ।

पुर्व पश्चिम लोकमार्ग र त्रिभुवन राजपथमा जोडिएको सिमरामा हवाई सेवाको पनि पहुंच रहेको छ । सिमरा विमानस्थलले सिमरा काडमाण्डांै दिवा र रात्री उडानले दैनिक १० देखि १२ वटा उडान भर्दै आएको छ ।

ऐतिहासिक महत्वको सिम्रौनगढ क्षेत्र र अमलेखगंज , त्यस्तै प्राकृतिक सौन्दर्यले भरिएको पर्सा बन्य जन्तु निकुञ्ज भित्रका कामिनी दह , हलखोरिया दह , रामभोरी भाटा , अमलेखगंजको हात्तीसार र मानव निर्मित ५२ बिगाहाको पोखरी जस्ता मनमोहक दृश्यले पर्या पर्यटनको पनि थुप्रै संभावना देखिन्छ ।

सरकारले आवश्यक्ता र संभावना देखेर थालेका राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग मिले केही बर्ष भित्रै सिमरा मुलुको दोश्रो सुबिधा सपन्न शहरको रुपमा विकास हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);