नेपालले कठिन समयमा पाकिस्तानलाई साथ दिएको छ: राजदुत जावेद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

नेपालले कठिन समयमा पाकिस्तानलाई साथ दिएको छ: राजदुत जावेद

काठमाडौं, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलकुलाई साथ दिँदै आएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘जम्मु–काश्मिर विवाद र मानव अधिकार उलंघनका घटनामा वृद्धि’ विषयक कार्यक्रममा राजदुत जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलुकलाई साथ दिँदै आएको बताएका हुन् । उनले दुई मुलुकबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि सुदृढ रहेको उल्लेख गरेका छन् ।

राजदुत जावेदले नेपाल र पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा हस्तपेक्षको नीति नरहेको पनि स्मरण गराए । उनले जम्मु–काश्मिर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आफ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);