'म छिट्टै फर्किन्छु' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘म छिट्टै फर्किन्छु’

kp oli pm

काठमाडौं, १४ कात्तिक । तीन दिनअघि छातीमा संक्रमण हुँदा अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीले छिट्टै बालुवाटार फर्कने बताएका छन्।
डाक्टरले पनि बिहीबार डिस्चार्ज गरिने जनाउ दिएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसोलेसन वार्डमा उपचाररत ओलीले सन्देश जारी गरेरै आफ्नो स्वास्थ्य अवस्थाबारे भ्रामक प्रचारबाट प्रभावित नहुन अनुरोधसमेत गरेका छन्।
मौसमी रुघाखोकी र संक्रमणको रोकथामका लागि उपचार गराइरहेको उनको भनाइ छ। ‘चिकित्सकले दिनुभएको जानकारीअनुसार छिट्टै नै अस्पतालबाट फर्किनेछु’, उनले भनेका छन्, ‘तपाईंहामीले देखेको समृद्ध नेपालको सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु।’
प्रधानमन्त्री ओलीको रगत परीक्षण र छातीको एक्सरेका रिपोर्ट सकारात्मक रहेको मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताए। ‘पछिल्लो परीक्षणबाट पनि प्रधानमन्त्रीज्यूको स्वास्थ्य सुधारोन्मुख देखिन्छ’, उनले भने।

ब्याक्टेरियाविरुद्ध जुध्न एन्टिबायोटिक औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहीबारसम्म राख्नुपर्ने चिकित्सकको भनाइ छ। मंगलबार बिहान सामान्य ब्रेकफास्ट गरेका ओलीले उपचारमा संलग्न चिकित्सक र आगन्तुकसँग हाँसोठट्टासमेत गर्न थालेका छन्। ‘एकदुई दिनमा बालुवाटार पठाउन सक्ने गरी स्वास्थ्यमा सुधार भइरहेको छ’, उपचारमा संलग्न प्रा .डा. अरुण सायमीले भने।

छातीको संक्रमण नियन्त्रणमा आउने प्रक्रियामा रहेको उनले बताए। प्रधानमन्त्रीलाई एक साताका लागि एन्टिबायोटिक औषधि चलाइएको छ। प्रधानमन्त्री ओलीले चिकित्सकसँग छिटो डिस्चार्ज हुने चाहना व्यक्त गरे पनि पुनः संक्रमणको जोखिम भएको भन्दै चिकित्सकले केही दिन आराम गर्न सुझाएका छन्। सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राडा। सायमीको संयोजकत्वमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा। दिव्या सिंह शाह र छातीरोग विशेषज्ञ सन्तकुमार दास प्रधानमन्त्रीको उपचारमा संलग्न छन्।

कतार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने प्रधानमन्त्री ओलीको योजना छ। ‘चाँडै डिस्चार्ज गरौं। एयरपोर्टमा राष्ट्रपतिज्यूलाई स्वागत गर्नुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने।

दसैंको टीका, कार्यकर्ता भेटघाट र बैठकमा व्यस्त हुँदा प्रधानमन्त्रीलाई संक्रमण भएको हुन सक्ने चिकित्सकको अनुमान छ। ‘मौसम परिवर्तन भइरहेको छ। स्वस्थ व्यक्तिलाई समेत मौसमी रुघाखोकी लागेको छ। त्यसमाथि मिर्गौला प्रत्यारोपण गरेको हुनाले प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम बढी हुन्छ’, डा. सायमीले भने।

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि मंगलबार प्रधानमन्त्री ओली हँसमुख देखिएको जनाएका छन्। ‘प्रमलाई अस्पतालमा भेट्दा निकै हँसमुख देखिनुभो’, भेटेपछि ट्विटरमा लेखेका छन्, ‘अलिकति ठट्टामजाक पनि गर्नुभो। यसको अर्थ हामीले लगायौं, उहाँको स्वास्थ्य तन्दुरुस्त हुँदै छ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति गम्भीर चासो राख्ने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्री, संवैधानिक अंग, विभिन्न दलका नेता, सांसद, विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक निकायका पदाधिकारी, विदेशी मित्र, कर्मचारी, सुरक्षा निकाय स्वदेश तथा विदेशमा रहेका नेपाली र नेकपाका नेताकार्यकर्तालाई धन्यवाद दिएका छन्। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);