एजेन्सी, १४ कात्तिक । इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।
इटालीको पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ । भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको छ । त्यहाँका मौसमविद्ले अझै केहिदिन मौसम खराब हुने अनुमान गरेका छन् ।
दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका छन् । आँधीका कारण रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका हुन् ।