सुदूरपश्चिममा स्क्रव टाईफस रोगका विरामी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

सुदूरपश्चिममा स्क्रव टाईफस रोगका विरामी बढ्दै

विमल जैरु

डडेल्धुरा,  १३ कात्तिक ।  सुदुरपश्चिम प्रदेशमा दिन प्रतिदिन स्क्रव टाईफस रोगको महामारी फैलिदै गएको छ । डडेल्धुरा र बैतडी जिल्लामा मात्र १ महिनाको अवधीमा यो रोगले दुई जनाको मृत्यु ज्यान लिएको छ भने सयौं जना रोगले ग्रसित छन् ।

सूदुरपश्चिम प्रदेशका अधिकांश जिल्लामा स्क्रव टाईफस रोगको महामारी फैलिएको छ । अहिले डडेल्धुरा, बैतडी जिल्लाका अस्पतालहरुमा दिनहुँ जसो स्क्रव टाइफस रोगका लक्षण भएका विरामी देखा परेका छन् ।

सुदरपश्चिम प्रदेशमा रहेका अस्पतालका अनुसार स्क्रव टाईफस रोगको कारण वैतडीको पाटन नगरपालिका–२ सिलंगाकी गंगा पन्तको उपचारका क्रममा मृत्यु भएको छ । १ महिना अघि पनि डडेल्धुरामा १ जनाको मृत्यु भएको थियो।

उप–क्षेत्रीय अस्पतालका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४० दिनको अवधीमा ५० जनामा स्क्रव टाईफस रोगीका विरामीहरु फेला परेको छ ।

स्क्रव टाईफस रोगको संक्रमण बढ्दै गएपछि यस क्षेत्रका स्थानीय अहिले त्रसित बनेका छन् । यो रोग मुसावाट माईट जिवाणुले मानिसमा सार्ने गर्दछ । यसको मुख्य लक्षणहरुमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्याधिक टाउको दुख्ने रहेको चिकित्सकको भनाई छ ।

यस्ता लक्षण देखा परे तुरुन्त स्वास्थ्य चौकमा जान समेत चिकित्सकले सल्लाह दिएका छन् । पहिलो पटक असोज ३ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४ भुल्कुडामा स्क्रव टाईफस रोग देखा परेको थियो ।

सुदुरपश्चिम प्रदेशमा यसरी दिन प्रतिदिन स्क्रव टाइफस रोगको महामारी फैलिएपनि त्यस अनुसार सरकारले तयारी नगरेको सर्वसाधरणको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);