सरकारद्वारा राष्ट्रपति भण्डारीको कतार भ्रमण स्विकृत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

सरकारद्वारा राष्ट्रपति भण्डारीको कतार भ्रमण स्विकृत

bidhya devi bhandari

काठमाडौं, ११ कात्तिक । राष्ट्रपति विद्या भण्डारीले सोमबारदेखि गर्ने कतारको औंपचारिक भ्रमण सरकारले स्विकृत गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबारदेखि हुने राष्ट्रपति भण्डारीको ३ दिने कतार भ्रमण स्विकृत गरेको हो ।

राष्ट्रपति भण्डारीको कतार भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध र सहयोग विस्तार रहेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले नेपाल र मलेसिया बीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

त्यसैगरी बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । सरकारले सबै सरकारी निकायमा विद्युतीय प्रणालीबाट पत्राचार गर्न विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);