काठमाडौं, ११ कात्तिक । एनसेल प्राइभेट लिमिटेडले चाडपर्वको अवसरमा संचालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्तरगत पाँचौ, छैटौ र सातौ हप्ताका विजेतालाई पुरस्कार वितरण गरेको छ ।
प्रतेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनहि १ लाख रुपैया जित्न सक्ने एनसेलले जानकारी दिएको छ । गत भदौ १ गतेबाट सुरु भएको यो अफर १० सातासम्म संचालनमा रहने छ । एनसेल प्राइभेट लिमिटेडले विहिवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरेको हो ।