रेमिट्यान्स वृद्धिदर बढ्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

रेमिट्यान्स वृद्धिदर बढ्दै

remittance

काठमाडौं, ११ कात्तिक । चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।

गत वर्षको सोही अवकिो तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ । साउनमा रेमिट्यान्स वृद्धिदर ३३.१ प्रतिशत थियो । भदौमा यस्तो वृद्धिदर बढेर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

पछिल्ला दुई वर्षयता रेमिट्यान्स वृद्धिदर घट्दो क्रममा थियो । समाचार आजको कान्तिपुरको अर्थ वाणीज्य पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);