पीपीएल : बुटवलद्वारा चितवनलाई १३६ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

पीपीएल : बुटवलद्वारा चितवनलाई १३६ रनको लक्ष्य

butwal vs chitwan ppl

पोखरा, १० कात्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १३६ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५विकेट गुमाउँदै एक सय ३५ रन बनायो । निकै खराव सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो ।

उसका विदेशी खेलाडी चिराग सुरी मात्र एक रनमा आउट भए । त्यसपछि क्रिजमा आएका अर्का विदेशी खेलाडी रोहन मुस्तफा खाता खोल्न नपाउँदै आउट भएपछि दुई रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको लगत्तै भिम शार्की दुई रनमा आउट भएपछि बुटवलले १० रनमा तेस्रो विकेट गुमाउन पुग्यो । तर चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।

तर सागर ४६ रनमा पेभेलियन फर्किएपछि बुटवलले ७८ रनमा चौथो विकेट गुमाउन पुग्यो । त्यसपछि शंकर राना ४८ रनमा आउट हुँदा बुटवलले एक सय २८ रनमा पाँचौ विकेट गुमायो । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);