काठमाडौं, ९ भदौ । साफ यू- १५ फुटबल अन्तर्गत सातदोबाटोको एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा नेपालले बगंलादेश विरुद्ध २–० को अग्रता हासिल गरेको छ । नेपालले फाइनलमा जाने प्रबल सम्भावना देखाउदै दोस्रो हाफको खेल सुरु गरेको छ ।
खेलको ६औँ र ३० औँ मिनेटमा नेपालका लागी आकाश बुढा मगरले दुई गोल गरेर पहिलो हाफ मै २–० को अग्रता दिलाएका थिए । रन्दिप पौडेलको क्रसलाई डि बक्सभन्दा बाहिरबाट उनले गोलमा परिणत गरेका थिए ।
त्यस्तै ३० औ मिनेटमा दर्शन गुरुङको पासलाई दिपकले गोलका लागि हेड गरेको बललाई विपक्षी टिमका गोलरक्षकले फर्काएका थिए । पुनः सो बललाई रोशनले गोलमा परिणत गर्दा नेपाल २-० ले अगाडि भएको छ ।
हलचोकमा जारी अर्को सेमिफाइनलमा भुटानविरुद्ध भारतले १–० को अग्रता लिएको छ ।