काठमाडौं, ८ कात्तिक । यू–१५ साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र माल्दीभ्स भिड्दैछन् । यू-१५ साफ च्याम्पियनसिपको चौथो संस्करण आजदेखि ललितपुरमा शुरु हुदैंछ ।
प्रतियोगितामा नेपाल सहित माल्दीभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् । आजको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फा मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल अहिले विहान साढे ११ बजे हुने छ ।
त्यसपछि आजै दिउँसो ३ बजे नेपाल र माल्दीम्स आमने सामने हुनेछन् । यू १५ साफ च्याम्पियनका अहिले सम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।