बिमल पुरी
बुटवल ६ कात्तिक । नेपालीहरुको महान चाड दसैं सुरु भएसंगै प्रदेश ५ मा सवारी दुर्घटनाका घटनाहरु पनि बढेका छन् । पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका अनुसार वडा दसैंको घटस्थापना देखि कात्तिक ५ गते सम्मको प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा प्रदेश ५ मा ५५ वटा सवारी दुर्घटना भए । सवारी दुर्घटनामा परी २३ जनाको मृत्यु भएकाे छ । ७८ जना घाईते भएका छन् ।
यस्तै, यातायात व्यवस्था कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष ०७४/०७५मा मात्रै ७७ हजार ३ सय ५० नयाँ सवारी दर्ता भएको छ । यसरी दिन प्रति दिन सवारी साधन बढ्नु तर सावारी चाँप अनुसार सडकको भौतिक पूर्वाधारको विकास नहुनु पनि सवारी दुर्घटना वढ्नुको मुख्य कारण हो ।