एजेन्सी, ५ कात्तिक । क्यानडामा तीनवटा शक्तिशाली भूकम्प गएको छ । क्यानडाको भ्यानकुभर आइल्याण्डमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । युएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाएको छ ।
त्यसको ३७ मिनेटपछि ६.८ र लगत्तै ६ मिनेटमा ६ .५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प शक्तिशाली भए पनि सुनामीको खतरा भने नरहेको जनाइएको छ ।