३ लाख ७० हजार रुपैयाको नेपाली नक्कली नोट भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

३ लाख ७० हजार रुपैयाको नेपाली नक्कली नोट भेटियो

pakrau

काठमाडौं, ४ कात्तिक । काठमाडौंमा ३ लाख ७० हजार रुपैयाको नेपाली नक्कली नोट फेला परेको छ ।

काठमाडौं प्रहरीले तीन लाख ७० हजार नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको चावहिलमा स्कुटरमा २९ हजार नक्कली नोट लिएर हिडेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलदाई पक्राउ गरेको थियो । त्यस अघि महाबौंद्धमा किनमेल गर्ने क्रममा १० हजार रुपैया नक्कली नोट दिएपछि ३२ वर्षी अर्जुन बस्नेत पक्राउ परेका थिए ।

शाह र महर्जनमार्फत प्रहरीले थप तीन जनासहित तीन लाख ७० हजार रुपैंया बराबरको नक्कली नोट बरामतद गरेको छ । प्रहरीले नक्कली नोट बजारमा समेतगइसकेको हुनसक्ने भन्दै सचेत हुन सर्वसाधारणसहित सबैलाई आह्वान समेत गरेको छ । यस्तै प्रहरीले विभिन्न ठाउँमा मेसिन राखेर नक्कली नोट छाप्ने गिरोह समातिएको भन्दै त्यसको लिंक कहाँसम्म छ भनेर अनुसन्धान भइरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);