तेह्थुमका लघुजलविद्युत आयोजनाहरु धमाधम बन्द हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तेह्थुमका लघुजलविद्युत आयोजनाहरु धमाधम बन्द हुँदै

aayojana

तेह्रथुम, ४ कात्तिक । तेह्रथुममा रहेका लघुजलविद्युत आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् ।
निर्माण भएपछि निरन्तर गर्नुपर्ने मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा लघुजलविद्युत आयोजनाहरु बन्द हुने अबस्थामा पुगेको हो । जिल्लाका सबै गाउँसम्म केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण अझै पनि भइसकेको छैन । विद्युतीकरण नभएका गाउँका बासिन्दाले लघुजलविद्युत आयोजना सन्चालन गर्न माग गरेर आयोजना सन्चालनमा आएको तर त्यस्ता आयोजनाहरु निर्माण गर्दा सुरुमा केही सरकारी अनुदान पाउने भएपनि निर्माण भइसकेपछि मर्मत सम्भारका लागि कतैबाट श्रोत नजुट्दा आयोजना नै बन्द हुने गरेको पाइएको छ ।

जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुंगा खोला लघुजलविद्युत आयोजनासमेत पाँच वर्षदेखि ठप्प छ । आयोजना बन्द भएपछि आयोजनाका लागि निर्माण गरिएको भौतिक संरचना र उपकरणहरु लथालिङ्ग बनेका छन् । जिल्लामा अहिलेसम्म १६ वटा साना तथा लघुजलविद्युत आयोजनाहरु निर्माण भइसकेका छन् तर मर्मत सम्भारका लागि बजेट नभएकै कारण पाँच वटा साना तथा दुईवटा लघु जलविद्युत आयोजना बन्द भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);