च्याउको बजार मूल्य आकासियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

च्याउको बजार मूल्य आकासियो

काठमाडौं, ३ कात्तिक । चाडपर्वको समयमा उपभोक्ताले खाद्यान्न, तरकारी र फलफुल बढी नै किनमेल गर्ने गर्छन । यही मौका समाती व्यापारीहरुले पनि हरेक बस्तुको चर्काे मुल्य असुल्ने गरेको पाइन्छ । अन्य समयमा भन्दा अहिले च्याउको मुल्य दोब्बर भएको उपभोक्ताको गुनासो छ ।

मानिसको स्वास्थ्यका लागि पनि च्याउ फाइदा जनक मानिन्छ । तर पछिल्लो समय माछामासुको विकल्पका रुपमा मानिसको रोजाइमा परेको च्याउ अहिले किन्नै नसकिने गरी मुल्यवृद्धि भएको उपभोक्ता बताउँछन् ।

उपभोक्ताले चर्काे मुल्यमा च्याउ किन्नुपरेको गुनासो गरीरहँदा व्यापारी भने त्यसलाई स्वीकार गर्न तयार छैनन । बजारको माग अनुसार उत्पादन नहुँदा मुल्यवृद्धि सामान्य भएको उनीहरुको तर्क छ ।

अहिले च्याउको बजार मुल्य व्यापारी पिच्छे फरक फरक छ । कालिमाटी बजारमा प्रतिकिलो सातसय रुपैयाँमा थोक बिक्रि भइरहेको गोलो च्याउ त्यही बजारको बाहिर पट्टी प्रतिकिलो एक हजारमा बेचविखन भइरहेको छ ।

कृषकबाट नै मूल्यवृद्धि भएको भनेर व्यापारीहरु पन्छिरहँदा त्यहि गोलो च्याउको मूल्य कृषकले प्रतिकिले पाँचसय रुपैयाँ मात्र पाउने गरेका छन् । नियमकारी निकायको अनुगमन देखाउनका लागि मात्र हुँदा उत्पादक किसान र उपभोक्ता दुबै ठगिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);