४८ कम्पनीको सेयर कारोबार रोक्का | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

४८ कम्पनीको सेयर कारोबार रोक्का

stock_exchange_nepse

काठमाडौं, ४ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४८ वटा कम्पनीको कारोबार रोक्का गरेको छ ।  सूचीकरण शुल्क नबुझाएका कारण नेप्सेले ती कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार सेयर कारोबार रोक्का हुने कम्पनीहरुमा आठ विकास बैंक, पाँच फाइनान्स कम्पनी, १३ लघुवित्त संस्था, चार डाइड्रोपावर कम्पनी र १८ अन्य कम्पनी रहेका छन् ।

ती कम्पनीहरुले नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासिकभित्र नवीकरण शुल्क नबुझाएकाले कारोबार रोक्का गरिएको हो । ती कम्पनीहरुले आफ्नो चुक्तापुँजीको आधारमा नवीकरण शूल्क बुझाउनुपर्ने हुन्छ । आइतबार शुल्क बुझाए सोमबारदेखि कारोबार सुचारु गरिने नेप्सेले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);