सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं। सीवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । दुवै कम्पनीबीच २२ असारमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । मर्जरका लागि समझदारी भएसँगै नेप्सेमा यी दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । यसअघि आँधिखोला लघुवित्तको धौलागिरी लघुवित्तसँग मर्जमा जाने सम्झौता भाँडिएको थियो । धौलागिरीसँग मर्जर सम्झौता भएपछि रोक्का रहेको आँधिखोलाको सेयर कारोबार अढाई वर्षपछि गत २७ जेठमा मात्र फुकुवा भएको थियो ।

कारोबार फुकुवा भएको एक महिना पनि नबित्दै आँधिखोलाको सेयर कारोबार पुनः रोक्का भएको छ । हाल सीवाईसी लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ भने आँधिखोला लघुवित्तको ११ करोड ९० लाख रुपैयाँ रहेको छ। यी दुई लघुवित्तको सेयर स्वाप रेसियो भने सम्पति तथा दायित्व मूल्यांकनपछि मात्र तय हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);