आज विजया दशमीको दोश्रो दिन, टीका र जमरा लगाउने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

आज विजया दशमीको दोश्रो दिन, टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं, ३ कात्तिक । आज विजया दशमीको दोश्रो दिन । आज पनि आफन्त र मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ । टिका र जमरासहित आशिर्वाद थाप्ने क्रम पूर्णिमासम्म जारी रहने गर्दछ ।

पश्चिम नेपालका केही जिल्लामा बिजयादशमीको दिन मात्र टीका लगाउने प्रचलन रहे पनि अरु ठाउँमा पूर्णिमासम्म टीका लगाईने गरिन्छ । टिका लगाउन जानेको क्रम बढेपछि मुलुकका मुख्य शहरमा चहलपहल केहि बढेको छ ।

हिजो दिउंसोसम्म सुनसान जस्तै रहेको राजधानीमा पनि चहलपहल बढेको छ । बडादसैंको मुख्य दिन शुक्रबार अधिकांशले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिएका छन् ।

कोजाग्रत पुर्णिमाको दिन जमरा बिसर्जनसंगै दसैं सकिन्छ । दसैं मान्न काठमाडाैं उपत्यकाबाट बाहिरिएकाहरु फर्किन शुरु गरेका छन् । सरकारले दसैंमा दिने बिदामा केही कटौती गरेपछि आइतबारदेखि सरकारी कार्यालय खुल्नेछन् । दसैं मनाउन गएका कर्मचारीहरु काठमाडाैं फर्किन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);