सिरहा, असोज ३० । सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरी टोलीले विहान साढे १० बजे सिरहाको धनगढीमाई नगरपाकिाल ९ जिरोमाईल बस्ने ५५ वर्षिय गंगाप्रसाद यादवको घरमा छापामारी ठुलो परिमाणमा लागुऔषध बरामद गरेको हो ।
प्रहरीले यादवको घरबाट प्रतिबन्धित लागुऔषध डाईलेक्स डिसी १ सय एमएलको ४ सय ४८ बोतल, नाईट्रोक्याट १८ सय पिस, स्पासमोस ८ सय ६४ पिस लगाएत अन्य विभिन्न लागु औषध बरामद गरेको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसंधान भैरहेको छ ।