सिक्टा सिंचाई आयोजनाको समस्या समाधान सम्बन्धि प्रतिवेदन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

सिक्टा सिंचाई आयोजनाको समस्या समाधान सम्बन्धि प्रतिवेदन सार्वजनिक

काठमाडौं, २९ असोज । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाको मुल नहरमा देखिएको समस्याका सम्बन्धमा छानवीन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिक्टा सिंचाई आयोजनाको मुल नहरमा देखिएको समस्याका सम्बन्धमा छानवीन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको जानकारी गराएको हो ।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको नेतृत्वमा गठित छानवीन समितिले स्थलगत अवलोकन गरी सो सिंचाईको समस्याका सम्बन्धमा छानवीन गरेको प्रतिवेदनमा ठेकेदारको कमजोरीका कारण सो सिंचाईमा समस्या देखिएको औंल्याइएको छ ।

ठेक्का सम्झौंता अनुसार काम नहुँदा सो समस्या आएको प्रतिवेदनले देखाएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव संजय शर्माले जानकारी दिए । प्रतिवेदनमा आयोजनाको नहरमा आएको समस्या घुलनशील माटोका कारण भएको औंल्याउँदै त्यसमा तत्काल सुधारको प्रयोस थाल्न पनि सरकारलाई सचेत गराइएको छ ।

प्रतिवेदनले निर्माणको जिम्मा लिएको व्यवस्थापन पक्षले सम्झौंता अनुसार काम नगरेको पनि स्पष्ट पारेको छ । त्यसैगरी विगत केही वर्षदेखि चुरेबाट बग्ने खोलाहरुमा हुने सेडिमेन्ट डिपोजिशनको उचित उत्खनन्, व्यवस्थापन तथा उपयोगमा बन्देज हुँदा पनि खोलाहरुको सतह बढन गई सो नहरमा क्षेति पु¥याउने गरेको उल्लेख गरिएको छ ।

सचिव शर्माले प्रतिवेदनले आयोजनामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय समस्याको तत्काल समाधान गर्न पनि सरकारलाई सुझाव दिएको जानकारी दिए । सो नहर तथा नहर संरचनाबाट शिघ्र सिँचाई सेवा उपलब्ध गराउने कार्यमा ढिलाई गर्न नहुने पनि प्रतिवेदनले औंल्याएको छ ।

राष्ट्रिय गौरवको यो आयोजनाको मुल नरहर निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि सरकारले सो समस्या समाधानका लागि सहसचिव तिवारी नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);