निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन

petrol pump line

काठमाडौँ, २९ असोज । दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ ।

तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो ।
त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो । शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए ।

आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ । प्रवक्ता वीरेन्द्र गोइतले फूलपातीसम्म वितरण गरेर सबै डिपो बन्द रहने बताए । त्यसपछि कार्तिक ४ गते आइतबार डिपो खुल्नेछन् । आजको नयाँ पत्रिकामा खबर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);