टिकटक विजेतालाई ‘ड्रिम गर्ल’को उपहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टिकटक विजेतालाई ‘ड्रिम गर्ल’को उपहार

ticket bijeta

काठमाडौं, २६ असोज । फिल्म ‘ड्रिम गर्ल’ले टिकटक म्युुजिकल्ली च्यालेन्जका विजेतालाई उपहार प्रदान गरेको छ।

मंसिर ७ गते प्रदर्शन हुुन लागेको फिल्म युुनिटले केही समयअघि सुुरु गरेको प्रतिस्पर्धाको दोस्रो चरणका विजेतामा शिशिर अर्याल, वन्दना थापा, नीना पाख्रिन, दर्शनकाजी थापा, मनीषा राना, विशालबाबुु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली वर्षा र सदीक्षा क्षेत्री छन्।

उनीहरूलाई ‘ड्रिम गर्ल’की नायिका आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हास्य अभिनेता शिशिर भण्डारी लगायतले उपहार प्रदान गरेका थिए। टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुुई गीतका ट्र्याक नेपाल म्युुजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए।

प्रतिस्पर्धाले ती ट्र्याकमा म्युुजिकल्ली भिडियो बनाएका थिए। उत्कृष्ट म्युुजिकल्ली साप्ताहिक रूपमा पुुरस्कृत गर्ने गरिएको प्रतियोगिता संयोजकसमेत रहेकी अभिनेत्री आश्माले जानकारी दिइन्। अन्नपुर्णपोष्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);