कप्तान पारस खड्का ड्रिम टिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कप्तान पारस खड्का ड्रिम टिममा

parash-khadka

काठमाडौं, ३० फागुन । सन् २०१९ को आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटको ड्रिम टिममा नेपाली टोलीका कप्तान पारस खड्का समेटिएका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको ड्रिम टिममा पारसले आफ्नो स्थान सुरक्षित गरेका हुन् । सो ड्रिम टिममा वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल परेका छैनन् ।

तीन खेलमा उत्कृष्ट प्रदर्शन
नेपाल विश्वकप छनोटको सुपरसिक्समा पुग्न असफल भए पनि समूह बी मा खेलिएका तीन खेलमा पारसले उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिङमा औसत प्रदर्शन भए पनि पारसले ब्याटिङमा आफ्नो जादु देखाएका थिए । यसै छनोट खेलबाट पारसले लिस्ट ए मा हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । प्रतियोगितामा अहिलेसम्म उनले दुई अर्धशतकीय इनिङ खेलेका छन् । स्कटल्यान्ड र अफगानिस्तानजस्तो बलियो राष्ट्रका बलरविरुद्ध खनिँदै उनले अर्धशतक ठोकेका हुन्् । स्कटल्यान्डविरुद्ध उनले ६३ रन तथा अफगानिस्तानविरुद्ध ७५ रन जोडे । टेस्ट तथा एक दिवसीय मान्यता प्राप्त जिम्बावेविरुद्ध उनले महत्वपूर्ण ४० रन जोडे ।

नाम चलेकै खेलाडीको बाहुल्यता
आइसिसीको ड्रिम टिममा एसोसिएट, एक दिवसीय तथा टेस्ट मान्यता प्राप्त राष्ट्रका नाम चलेका खेलाडीकै बाहुल्यता रहेको छ । आइसिसीका अनुसार २० खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसमध्येबाटै ११ जनाको ड्रिम टिम तयार पारिएको आइसिसीले जनाएको छ । जसमा जिम्बावे तथा हङकङबाट समान २ खेलाडी छनोट भए । आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका समान १ खेलाडी परेका छन् । ड्रिम टिममा नेदरल्यान्डका मात्र कोही पनि खेलाडी परेनन् ।

विलियम, होल्डर र टेलोर लिस्टमा
आयरयान्डका विलियम पोर्टफिल्डले पुपुवा न्युगिनीविरुद्ध १ सय ११ रनको योगदान दिएका थिए । वेस्ट इन्डिजविरुद्धको महत्वपूर्ण खेलमा उनी नकआउट भए । आयोजक जिम्बावेका अनुभवी खेलाडी बेन्डन टेलरले चार खेलमा २ सय ७९ रन जोडेका छन् । घरेलु पिचको भरपुर फाइदा लिँदै उनले नेपालविरुद्ध केवल ९१ बलमै शतकीय इनिङ खेलेका थिए । वेस्ट इन्डिजका कप्तान जासन होल्डर पनि समेटिएका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा वेस्ट इन्डिजले समूह ए मा चारै खेल जितेको थियो ।

ड्रिम टिम एघार
विलियम पोर्टफिल्ड (आयरयान्ड), टोनी उरा (पपुवा न्युगिनी), कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड), बेन्डन टेलर (जिम्बावे), पारस खड्का (नेपाल), अंशुमान रथ (हङकङ), सिकंदर राजा (जिम्बावे), रोहन मुस्तफा (युएई), मोहमद नाबी (अफगानिस्तान), जासन होल्डर (वेस्ट इन्डिज), इसन खान (हङकङ) ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);