बस र मोटरसाईकल ठक्कर खाँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बस र मोटरसाईकल ठक्कर खाँदा २ जनाको मृत्यु

कैलाली, २५ असोज । कैलालीको गोदावरी नगरपालिका–१ वन खेत नजिकै बस र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफ्रिक कार्यालय अत्तरीयाका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर–६ का २८ वर्षीया हेमन्त साउद र अर्का २६ वर्षीय विक्रम खड्का रहेका छन् ।

टिकापुरबाट अत्तरीया तर्फ आउँदै गरेको ना५ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट आईरहेको से५प ७५३६नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);