नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

motercycle durghatana

नवराज पाठक

नवलपुर १० माघ । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पुर्वी नवलपरासीको कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।

जिल्ला ट्राफिक कार्यलय पुर्वी नवलपरासीका अनुसार गएराति कावासोती ११ जंगलमा ना २२ प ६५ ५५ को मोटरसाईकल रूखमा ठक्कर खाँदा मोटर साईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कावासोती-३ बस्ने २४ वर्षीय हेमबादुर थापा र ८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको रहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टपाटमको लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ भने दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);