चिनीको मूल्यबृद्धि गराउन सरकारकै चलखेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिनीको मूल्यबृद्धि गराउन सरकारकै चलखेल

sugar

काठमाडौं २५ असोज । सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले चिनीको मूल्य वृद्धि गराउन सरकारले ठूलो आर्थिक चलखेल गरेको निष्कर्ष निकालेको छ ।

लेखराज भट्ट संयोजक रहेको उपसमितिले बिहीबार समितिलाई बुझाएको प्रतिवेदनमा सरकारी निकायकै मिलेमतोमा चिनीको मूल्य वृद्धि गरिएको दावी गर्दै छानवीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।

उपसमितिले ५३ रुपैयाँ प्रतिकेजी पर्ने चिनीको मूल्यलाई दसैंको मुखैमा आएर प्रतिकेजी ७० रुपैयाँ पु¥याउने काम सरकारबाटै भएको ठहर गरेको छ । चिनी लगायत दैनिक उपभोग्य बस्तुको बजार अनुगमनका लागि आवश्यक कर्मचारीहरुको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको छ ।

उपसमितिको प्रतिवेदनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग कुनै तथ्यांक नै नभएको पाइएको उल्लेख गर्दै चिनी लगायतका बस्तुको मूल्य सम्बन्धि सूचना प्रणालीको तत्काल स्थापना गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दिएको छ ।

बैठकमा समितिका सदस्य हृदयेश त्रिपाठीले चिनीको मूल्य एक्कासी बढाउन अर्थ मन्त्रालयको पनि हात रहेकोे उल्लेख गर्दै त्यसलाई सचेत गराउन ढिलाई गर्न नहुने बताए ।

चाडपर्वका बेला चिनीको मूल्य वृद्धि गरिएपछि सार्वजनिक लेखा समितिले सो समस्या समाधानका लागि आवश्यक सुझाव दिन भट्ट नेतृत्वको उपसमिति बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);