कालिमाटीबाट तरकारी बजार हटाउने कृषिमन्त्री खनालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

कालिमाटीबाट तरकारी बजार हटाउने कृषिमन्त्री खनालको घोषणा

काठमाडौं, २४ असोज । सरकारले परीक्षण गरेर मात्रै माशुु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दसैं, तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै माशु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा पनि गरेका छन् । उनले अदालतको आदेशका कारण कालीमाटी फलफूल तथा तरकारी बजार सुधार कार्यक्रम अघि बढाउन नसकिएको स्पष्ट पार्दै अव त्यसलाई त्यहाँबाट हटाउने योजना अघि सारेका हुन् । मन्त्री खनालले सो तरकारी बजारको विकल्प दिने गरी बल्खु वरपरको जग्गाको व्यवस्था गर्न लागिएको बताए ।

मन्त्री खनालले हेटौडामा रहेको कपडा उद्योगलाई संचालन गर्न बर्दियामा कपास खेती र बुटवलमा धागो उद्योग संचालन गर्ने बताए । उनले वीरगंजमा जीर्ण अवस्थामा रहेको कृषि औंजार कारखानाको उचित व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गर्ने पनि स्पष्ट पारे ।

ताजा समाचार