एजेन्सी, २४ असोज । केन्यामा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ ।
केन्याको राजधानि नैरोबीबाट पश्चिमी शहर काकामेगा तर्फ जादैँ गरेको एउटा बस बुधबार विहान दुर्घटना हुदा बसमा सवार ४२ जनाको घट्ना स्थलमै मृत्यु भएको हो । बसमा ५० जना भन्दा बढि मानिसले यात्रा गरेका केन्या प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको जनाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।