चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन

काठमाडौँ, २३ असोज । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।  घर नजिकै विजुलीको खम्बाले लागेर उनी गम्भीर घाइते भएका थिए । रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेको थियो । सोही खम्बाले लागेर उनी गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइते भएका बोगटीलाई तत्काल बि एण्ड बी अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको पार्थिव शरीर आजै पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ । 

अष्ट्रेलियामा रहँदै आएकी उनकी छोरीले बुबाको मुख हेर्ने अन्तिम इच्छा देखाएकाले उनको अत्येष्टी छोरी आएपछि गरिने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);