मनकामना मन्दिरको पुन:निर्माण कार्य सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

मनकामना मन्दिरको पुन:निर्माण कार्य सम्पन्न

मन्दिर निर्माणमा १८ किलो सुनकाे प्रयोग

गोरखा, २२ असोज । गोरखाको मनकामना मन्दिरको पुननिर्माण कार्य सम्पन्न भएको छ । पुन निर्माण सम्पन्न भएसँगै अब आम सर्वसाधारणहरुको लागि खुुल्ला गरिने छ ।

भूकम्पले पूर्ण रुपमा क्षति पुराएको मनकामना मन्दिरलाई जगैबाट भत्काएर पुननिर्माण गरिएको हो । मन्दिर पुननिर्माणको क्रममा हालसम्म १३ करोड खर्च भएको जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए ।

यहि दसैं देखि नै मन्दिर भित्रैबाट पूजा गर्ने व्यवस्था मिलाउने तयारी समेत भैरहेको समितिले जनाएको छ । मन्दिर पुननिर्माणका लागि ४ करोड सरकारबाट सहयोग प्राप्त भएको र भक्तजनबाट ८ करोड बढि रकम संकल भएको हो ।

मन्दिर निर्माणमा तामाको पाता र १८ किलो सुनको जलप लगाउन प्रयोग गरिएको छ । यसैबीच मनकामना मन्दिर पुननिर्माणसंगै यात्रुको चाप बढ्ने भएपछि मनकामना दर्शन प्रालिले केबलकारमा ३ ओटा नयाँ डिब्बा थप गरेको छ ।

यात्रुहरुलाई समयमै यात्रा गर्न सहज होस भनेर ३ ओटा नयाँ डिब्बा थप गरिएको हो । मनकामना मन्दिर दर्शन गर्न जाने भक्तजन तथा पर्यटकहरुलाई सहजताका लागि नेपालमै पहिलो पटक २०५५ सालमा मनकामना दर्शन प्रालिले केबलकार संचालनमा ल्याइएको थियो ।