काठमाडौं, २१ असोज । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डाक्टर गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री एवम् प्रतिष्ठानका प्रमुख संरक्षक केपी ओलीले उप्रेतीलाई पुनः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका हुन् ।
यसैबीच, नवनियुक्त कुलपति उप्रेतीले आईतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा एक कार्यक्रमका बीच उप्रेतीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गरिमालाई उचो बनाउँदै देश र जनताको हित हुनेगरी नेपाली भाषा, कला, साहित्य र संस्कृतिको उत्थानमा लाग्न नवनियुक्त कुलपति उप्रेतिलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटित गराउँदै लैजानुपर्ने बताए ।